arrow

ललितपुरका ४० टोलमा बनाइएका बिभिन्न प्रकारका योमरी प्रर्दशनी

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
yamari.jpg

ललितपुर । ललितपुरका ४० टोलले आआफना क्षेत्रमा बनाइने बिभिन्न प्रकारका योमरी प्रर्दशन गरेका छन । नेवार समुदायले मनाउने योमरी पुन्ही वा योमरी पूर्णिमाको पुर्वसन्ध्यामा  ललितपुरका ४० टोलले आ आफना क्षेत्रमा बनाइने योमरी कुल पुजा गर्ने सामग्री सहित प्रर्दशन गरेका छन । ज्यापु समाज पाटनको आयोजनामा ४० टोलका ज्यापु समुदायले बिभिन्न आकारका योमरी संगै कुल पुजा गर्दा प्रयोग हुने बिभिन्न सामग्री सहित ललितपुरको पाटन दरबार क्षेत्रमा योमरी बनाएर प्रर्दशन गरेका छन ।
 
यस क्रममा हौगल टोलले चामलको पिठोले बनेको  हात्ति र त्यसले बोकेको पिठोको आकर्षक योमरी प्रर्दशन गरेका थिए ।
यसैगरी तननी टोलले मान्छे जत्रो योमरी बनाएर प्रर्दशन गरेका थिए । कतिले त्रिकोण आकारको त कतिले चुच्चो नभएको योमरी कतिले योमरी संगै चटामरी त कतिले चामलकै पिठोको लक्ष्मी , गणेश , कुबेर जस्ता देवी देबताको मुर्ति समेत बनाएर ल्याएका थिए । नया भित्रिएको धानको चामल भित्रिएसंगै धनकी देवी लक्ष्मी , कुबेर र गणेशको  पुजा गरी धानको भकारीमा योमरी चढाउने परम्परा नेवार समुदायमा अझै कायमै छ ।
 
चामलको पिठोबाट गाई ,सर्प किसान, खर्पन लगायतका बिभिन्न मुर्ति बनाएर त्यसलाई बफाएर प्रर्दशनी कक्षमा राखिएको थियो ।
निकै आर्कषक शैलीमा राखिएका यी मुर्ति बनाउने कला पनि अमूर्त संस्कृति नै रहेको ज्यापु समाज पाटनका संस्कृति संस्कार उपसमितिका संयोजक बिष्णुहरी महर्जनले बताए ।  नेवार समुदाय भएपनि टोलै पिच्छे भिन्न प्रकारको योमरी बनाउने र भिन्न तरिकाले नै योमरी पुर्णिमाका दिन पुजा गर्ने रहेछ भन्ने कुरा यो प्रर्दशनीबाट एकअर्काले जान्ने अबसर पाएको उनको दाबी थियो ।
 
नकबहील टोलका नेवार समुदायले भने योमरी पुर्णिमाका दिन योमरी बनाएर नखाई अन्य बिभिन्न प्रकारका रोति बनाउने चलन रहेछ । प्रर्दशनीमा त्यस टोलका समुदायले योमरी नल्याई अन्य रोति बनाएर ल्याएको थियो ।  त्यो समुदायले किन योमरी नल्याएको भन्ने जिज्ञासापछि उनीहरुले परापुर्वकालमा त्यस दिन योमरी पकाएर खादा टोलमा एक जनाको मृत्यु भएकोले त्यस दिन कहिले पनि योमरी पकाएर खाने नगरेको  स्थानीयले जानकारी दिए ।  तर त्यस दिनका सट्टा अन्य दिनमा भने योमरी पकाएर खाने रहेछ नकबहिल टोलबासीले ।

हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पुर्णिमा  हो ।  यो पर्व विशेष गरी ज्यापु समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी)बनाएर खाने गर्दछन । नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ । नयाँ धान कुटी पिसेको पिठोबाट रोटी बनाई त्यसमा चाकु, तिल, नरीवल वा खुवा वा  मास पिनेको वा किमा मासु  लगायतका विभिन्न सामग्री  राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ ।

योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग निको हुने भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ ।यसरी बनाएको योमरी नया आएका् धानको भकारी वा कुल देवता वा  पूजा कोठामा पुजा गरमो कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास छ ।

तिहारमा देउसी भैलो खेल जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाई छ । नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढुकुटी पुजा गरेर मात्र खाने चलनअनुसार यो पर्व मनाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ