arrow

हिन्दु राष्ट्रको माग गर्दे ८ सय महासमिति सदस्यको हस्ताक्षर सभापति देउवालाई बुझाइयो

बहुमत सदस्यले हस्ताक्षर गरेको के.स.भण्डारीको भनाई

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
hindu-pakchaya.jpg

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको माग गर्दे संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ।

नेपाली कांग्रेसका महासमिति सदस्य मिनकृष्ण महर्जनले जानकारी दिए अनुसार नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्ल सहितको टोलीले पार्टी सभापति देउवालाई शुक्रबार उक्त हस्ताक्षर बुझाएको थियो । उक्त अभियानमा कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पहिलो हस्क्षार गरेका थिए भने केन्द्रीय पुष्पा भूषाल लगायतका नेताहरु  करिब ८ सय महासमिति सदस्यले हस्ताक्षर गरेका छन्  ।

 केन्द्रीय सदस्य भण्डारीका अनुसार बहुमत सदस्यले हिन्दु धर्मको पक्षमा हस्ताक्षर गरेका छन् । पार्टी सभापति देउवालाई हस्ताक्षर बुझाए सगै कांग्रेस पार्टी भित्र हिन्दु धर्मको मुद्धा थप पेचिलो बन्दै गई रहेको छ ।  कांग्रेसको जारी महासमिति बैठकमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने भन्दै चर्को वहस भईरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ