arrow

डर धम्की देखाएर पटक पटक करणीको आरोपमा एक पक्राउ

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
palpa-bagle.jpg

पाल्पा । डर धम्की देखाएर पटक पटक करणी गरेको आरोपमा पाल्पा रिब्दीकोट गाउँपालिका ४ का ४२ बर्षका मिन बहादुर बगालेलाई प्रहरीले प्रक्राउ गरेको छ ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ की ४० बर्षिय युवतीले गत बैशाख २७ गते जबरजस्ती करणी गरेको र त्यसपछि बिभिन्न धाकधम्की देखाएर कोही कसैलाई भने नराम्रो हुने भन्दै पटक पटक बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले बगालेलाई प्रक्राउ गरेको हो ।

बलात्कारका कारण ८ महिनाको गर्भ समेत रहेकोले आफुले सो घटना बाहिर ल्याउन बाध्य भएको पिडित महिलाले बताएकी छन् । यस घटनामा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ