arrow

अवलोकन भ्रमणमा गएको बस दुर्घटना : १६ जनाको मृत्यु

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
palpa-accident.jpg

लमही । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा शुक्रबार बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए । घटनाको थप विवरण आउन बाँकी छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ