arrow

दाङ दूर्घटना : १६ को मृत्यु, ढुंगा खसेपछि उद्दारमा समस्या

logo
प्रकाशित २०७५ पुष ६ शुक्रबार
Tulsipur_submetropolitian_city.png

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ मा भएको सवारी दूर्घटनामा १६ जनाको ज्यान गएको छ । बुधबार राती भएको दूर्घटनामा अझै केही यात्रुको ज्यान गएको हुनसक्ने उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुका अनुसार कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङबाट शैक्षिक भ्रमणको लागि सल्यान गएको बस दूर्घटना भएको हो । इन्सिच्युटको बा ४ ख ९७६६ नम्बरको बस ३ नं वडाको राम्री भन्ने स्थानमा दूर्घटना भएको हो । 

घाईतेहरुलाई उपचारका लागि ४ वटा एम्बुलेन्समा राखेर पठाईएको छ । खोजमा बस खसेको र उद्दार गर्न जाँदा माथिबाट ढुंगा खसिरहेको बताईएकको छ । सारुका अनुसार अहिले पनि ढुंगा खसिरहेकोले उद्दारमा समस्या भएको छ । 
 
दुर्घटनामा  हिमाली हमाल, शेन्द्र खत्री, समीक्षा रोकाया, क्रम भण्डारी, प्रेम बहादुर खड्का, मेनुका रिजाल, जीवन भण्डारी, पर्शा रोकाया, यूवराज ढुंगाना र रोजिना पुन घाइते भएको सारुले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ