arrow

कूलबहादुर गुरुङ भन्छन् – यसकारण कांग्रेस सङ्कटमा पर्यो 

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
kul-bahadur-gurung.jpg.jpeg

पोखरा । बिपी विचार समाजका केन्द्रीय सभापति कूलबहादुर गुरुङले काङ्ग्रेसले बिपी विचार आत्मसात गर्न नसकेका कारण पार्टी सङ्कटमा पर्दै गएको बताएका छन् ।  

बिपी विचार समाज कास्कीद्वारा शनिबार यहाँ आयोजित ‘बिपी विचार’ विषयक प्रशिक्षण एवं सङ्गठन विस्तार कार्यक्रममा उनले बिपी विचार आत्मसात गर्ने इमान्दार कार्यकर्ताको अभाव भएको उल्लेख गरे । बिपीले देखाएको बाटोमा हिँडे काङ्ग्रेसमा कुनै सङ्कट नपर्नेमा उनको जोड छ । 

पूर्वसभामुख तारानाथ रानाभाटले काङ्ग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको गुनासो व्यक्त गरे । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले बिपीले देखाएको बाटो भुल्दा पार्टी कमजोर बनेको उल्लेख गर्दै बिपी विचारलाई आत्मसात गर्नसके पार्टीको सवलीकरण हुनेमा जोड दिए । 

कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर गुरुङ, लोकेश ढकाल, गण्डकी उपाध्यक्ष खेमराज पौडेल, सचिव फणिन्द्रराज कोइरालालगायतले बोलेका थिए । सो अवसरमा समाजको कास्की जिल्ला समिति घोषणा गरिएको थियो । 

समाजको संयोजकमा तीर्थ जङ्गली, सहसंयोजकमा पद्मशरण रेग्मी, सचिवमा फणिन्द्रराज कोइराला, सहसचिवमा कृष्णप्रसाद नेपाल, प्रवक्तामा कमल पौडेल (अथक) र कोषाध्यक्षमा हीरादेवी शर्मा रहेका छन् । 

सदस्यमा खेम गुरुङ, कृष्ण रानाभाट, विष्णुराज पराजुली, देवराज पन्थी, राजु केसी, हरिप्रसाद शर्मा, रामजी कोइराला, देविजंग गुरुङ र सकुन्तला गुरुङ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ