arrow

जताततैबाट घेरिएका ओलीको पालो आयो 

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ब्यङ्ग्यबाण गर्न माहिर छन् । प्रतिस्पर्धीलाई जबाफ दिन पनि सिपालु छन् । एक हप्तादेखि नेकपा मुख्यालय धुम्बाराहीमा जारी नेकपा स्थायी समिति बैठकमा ओलीले आफ्नै दलका नेताहरुबाट तीखो प्रहार खेपेका छन् । 

ओलीको कार्यशैली सरकारदेखि पार्टीसम्म राम्रो नभएको आलोचना भयो । अधिकांशले सरकारको काम गर्ने तरीका ठीक नभएको आरोप लगाए । केहीले त मन्त्रिपरिषद् नै पुनर्गठन गर्नुपर्ने बताए । 

त्यो लाइनमा सदावहार प्रतिस्पर्धीहरु नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालसमेत रहे । त्यसबाहेकका अधिकांश स्थायी समिति सदस्यहरु ओलीको रवैयाप्रति कटु भएर निस्के । 

पार्टीको राजनीतिक प्रतिवेदन अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपले प्रस्तुत गरेका भए पनि ओली बढी आलोचित बने । यसले अप्रत्यक्ष रुपले प्रचण्डलाई फाइदा पुगेको छ । 

शनिबार भने नेपाल र खनालले दुवै अध्यक्षमाथि प्रहार गरे । उनीहरुले सरकार सञ्चालनमा पार्टीको भूमिका रहनुपर्ने माग गरे । सरकारका गतिविधिमा पार्टीलाई कुनै जानकारी नहुने तर त्यसको स्वामित्व पार्टीले लिनुपर्ने अवस्था छ ।

पार्टीमा छलफलबिनै हुने सरकारका निर्णयको स्वामित्व लिन अप्ठेरो भइरहेको भन्दै नेताहरूले यसअघि पनि प्रश्न उठाउँदै आएका थिए । नेताद्वयले पार्टी पद्धतिलाई ख्याल गरेर अघि बढ्न अध्यक्षहरूलाई चेतावनी दिए ।

पालो ओलीको 
शनिबारसम्म स्थायी समिति सदस्यहरुले विचार राखेसंगै आइतबार ओली र प्रचण्डले जवाफ दिने कार्यक्रम छ । 

एक स्थायी समिति सदस्यले नाम नभन्ने सर्तमा भने, ‘बोल्न त मैले पनि अध्यक्षज्यूलाई कडा प्रहार गरेकै हुँ । आज त्यसको जवाफ सुन्नु छ । उहाँ निकै गहिरिएर गाली गर्नुहुन्छ । त्यो सहन गर्न सक्ने भएर पार्टी कार्यालय जाँदैछु ।’

प्रचण्डले भन्दा पार्टी संचालनमा समेत रहेकाले जश अपजश ओलीले नै लिनेछन् । त्यतिमात्र नभइ कतिपय अवस्थामा प्रचण्डलाई जानकारीसमेत नदिई ओलीले मन्त्रिपरिषदबाट विभिन्न निर्णय गराउँदै आएका छन् । 

त्यसैगरी ओलीले वामदेव गौतमको पनि जवाफ दिनेछन् । गौतमले समानान्तर शैलीमा राजनीतिक प्रतिवेदन बुझाएका थिए । त्यसलाई उनले सुझाव प्रतिवेदन भने पनि त्यसले ओलीलाई काउन्टरमात्र दिएन उनको विरुद्धमा बोल्नका लागि थप बल पुगेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ