arrow

ओली सरकार बरालियो : गगन थापा

logo
सीता डोटेल,
प्रकाशित २०७५ पुष ८ आइतबार
gagan-thapa5.jpg

पाल्पा ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको बताएका छन् ।  स्याङ्जाको चापाकोटमा आयोजित चापाकोट  उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको  समापन गर्दै नेता थापाले बलियो मान्छे चुलबुल हुन्छ मेसो पाउदैन त्यस्तै ईतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार पनि मेसो नपाएर बरालिएको बताएका हुन् ।

"बलियो सरकारले गरेका सम्पूर्ण कार्यहरु जनहित अनुसार पूरा हुनुपर्छ'  थापाले भने, 'कमजोर सरकार बरालियो भने सम्हाल्न सकिन्छ तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ । बिपिले २०१५ सालमा हरेक सर्वसाधारणको सानो घर र स्वाथ्य सेवा पुगोस भन्नुभयो तर २०७५ मा ओलीले चुच्छे रेल र पानी जहाजको सपना बाढ्नु भो, दु:खका साथ भन्नुपर्छ विकासको यहि त्रुटिपूर्ण सोच अहिलेको सरकारसंग छ ।'

४ बर्ष यो सरकारले काम गरोस् थापाले भने 'अर्को पटक हामी हराउन चाहान्छौ  । त्यतिबेला फेरि अर्को पटक हामी अब बिकास गर्न चाहन्छौ भन्न पाइदैन।'

 देशभर जघन्य अपराध बधेको बताउदै उनले सरकारका बारेमा अन्यले गरेका टिका टिप्पणी सुन्न नसक्ने अधिनायकवाद सरकार हो भने वर्तमान ओली सरकार नै भएको उनको भनाई थियो ।

नेता थापाले भने, 'सरकार बलियो भएका बेला जस्तो सुकै पनि कार्यहरु गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन, ईतिहासकै बलियो मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो, यो सरकार असंवेदनशील छ । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यहरुमा कुनै पनि अवरोध गरेको छैन।'

सजिलैसँग पाएको कुराको महत्व कम हुने बताउँदै नेता थापाले संविधान र गणतन्त्र सजिलैसँग प्राप्त नभएको र यसलाई जोगाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

 गत मङ्सिर २८ गतेबाट शुरु भएको प्रथम चापाकोट महोत्सवकोआइतबार महोत्सबको समापन हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ