arrow

दाङलाई दुख्दा गौरादहमा शोक

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ पुष ८ आइतबार
GAURADAHA.jpg

झापा । शुक्रबार सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नंको बस दुर्घटनामा मृत्यु भएका दिगम्बत आत्माको शान्तिको कामना गर्दै गौरादहमा शोक व्यक्त गरिएको छ ।  आइतबार बेलुका गौरादह कृषि क्याम्पसका विद्यार्थी प्राध्यापक र कर्मचारीहरुले संयुक्त रुपमा श्रद्धान्जली सभा आयोजना गरेका हुन् ।   

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको थियो  । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए ।

सो दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएका थिए । घाइतेलाई थप उपचारका लागि ऐले थप उपचारका लागि  काठमाडौ ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ