arrow

जनताप्रति समर्पित शन्त नेता भट्टराई : प्रधानमन्त्री

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको हितमा आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।  ‘शन्त नेता कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती’का अवसरमा आज गोदावरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “देश र जनताको हितमा सदैव तत्पर भएर लाग्ने उद्देश्यका साथ सरकारले विभिन्न योजना बनाएर तदनुरुप काम गरिरहेको छ ।”

सन्त नेता भट्टराईले निःस्वार्थ भावले देश र जनताको हितमा सदैव लाग्ने पाठ सिकाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सत्यको पक्षमा स्वर्गीय भट्टराई सधैँ अडिग रहेको, देश र जनताप्रति समर्पित उनले १४ वर्ष जेलजीवन बिताएको बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्रीले देशको समग्र विकासलाई आफूले केन्द्रमा राखेर काम गरिरहेको बताए।

देशको अर्थतन्त्रको विकास तथा आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अग्रसर तुल्याउने वर्तमान सरकारका लक्ष्य र उद्देश्यबाट आफू विचलित नहुने स्पष्ट गर्दै उनले लगानी जुटाउन आगामी मार्चको अन्तिम साता काठमाडौँमा लगानीसम्बन्धी सम्मेलन हुन लागेको जानकारी दिए।

गत वर्षको पाँच प्रतिशतको देशको आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुगेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रप्रति इमान्दार भएर समाजका सबै वर्गबाट काम भएमा आर्थिक क्षेत्रमा राष्ट्रले फड्को मार्ने उनको अभिव्यक्ति थियो ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शन्त नेता भट्टराई बहुआयामिक व्यक्तित्वका धनी थिए भन्दै विसं २०४६ को आन्दोलनको नेतृत्व र संविधान निर्माणमा शन्त नेता भट्टराईको अविस्मरणीय योगदान रहेको स्मरण गरे ।

देउवाले उनलाई सम्झँदै, “जेलमा रहँदा भट्टराईले हामीलाई धर्म र दर्शनका बारेमा अध्ययन गर्न सिकाउनुभएको थियो । आज त्यसैलाई अनुशरण गरेर हामी अघि बढिरहेका छौँ,” भने ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शन्त नेता भट्टराई इमान र निष्ठाको प्रतीक थिए भन्दै उनले राजनीतिक जीवनमा कहिल्यै पनि छलकपट र बेइमान नगरेको दृष्टान्त प्रस्तुत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ