arrow

सुनामीले ज्यान जानेको संख्या २२० नाघ्यो, ८४३ घाइते 

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
tsunami.jpg

काठमाडौं । इन्डोनेसियामा आएको सुनामीमा परेर अहिलेसम्म ज्यान जानेको संख्या २२० नाघेको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर ८ सय ४३ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीलाई उधृत गर्दैै बीबीसीले जनाएको छ । 

कयौं बेपत्ता समेत भएको जनाइएको छ । यसले गर्दा मृतक अझै बढ्ने उद्धारकर्मीहरुले जनाएका छन् । 

सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्याएको छ ।

सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ । थुप्रै भवनहरु भत्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ