arrow

सालकको खपटासहित पक्राउ

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
salak.jpg

काठमाडौँ ।महानगरीय प्रहरी परिसर काठमाडौँ परिसरको टोलीले टोखा नगरपालिकामा दुर्लभ वन्यजन्तु सालकको खपटा बोकेर हिँडिरहेका नुवाकोट शिवपुरीका २४ वर्षीय विकास बुढाथोकीलाई शुक्रबार राति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले कालो रङगको झोलाभित्र सेतो प्लाष्टिकमा लिएर हिँडिरहेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरिएको बताउँदै आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको परिसरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ