arrow

पाकिस्तानी सैन्य प्रमुखले भारतलाई भने – मित्रताको प्रस्तावलाई कमजोरी नआँकियोस् 

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
pakistan-army-chief-bajawa.jpg

काठमाडौं । पाकिस्तानी सैन्य प्रमुख कमर आवेद बाजवाले प्रधानमन्त्री इमरान खानको शान्ति प्रस्तावलाई समर्थन गरेका छन् । उनले पाकिस्तानले भारतसंग मित्रता र शान्ति प्रस्तावलाई इमानदारीका साथ अगाडि बढाएको बताउँदै यसलाई कमजोरी नसम्झन चेतावनी दिएका छन् । 

बाजवाले कराँचीमा सम्वोधन गर्दै पाकिस्तान शान्ति मन पराउने देश भएको र यही विश्वासमा रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री खानको प्रस्तावको प्रशंसा गर्दैै उनले शान्तिले सबैलाई फाइदा मिल्ने बताएका छन् । उनले आपसमा लड्नुभन्दा बिमारी, गरिबी र अशिक्षा विरुद्ध लड्न पनि सुझाएका छन् । 

बाजवाले पाकिस्तानी सेनाले देश स्वतन्त्र भएको ७१ सालमा आधा भन्दा बढी समय देशमा शासन गरेको उल्लेख गर्दै लडाईँले हमेशा मृत्यु, विनाश र कष्ट मात्र मिल्ने बताए । 

उनले अन्तिममा वार्ताबाटै समाधान हुने भन्दै शान्तिका लागि नै अफगानिस्तानमा समर्थन गरेको पनि उल्लेख गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ