arrow

प्रचण्डको कमेन्ट गरेको आरोपमा पक्राउ परेका प्रधान कांग्रेसको चेतावनी पछि रिहा

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
subhod-pradhan-chitwan.jpg

चितवन। प्रचण्डको विरोध गरेको आरोपमा पक्राउ गरिएका नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य सुवोध प्रधानलाई प्रहरीले रिहा गरेको छ। 

नेपाली कांग्रेसका नेताहरुको दवाव र स्थानिय कांग्रेसको चेतावनी पछि प्रसासनले प्रधानलाई रिहा गरेको हो। 

चितवनस्थित सेन्ट्रल पार्म होटलका सञ्चालक समेत रहेका प्रधानलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेर आइतवार राती नै रिहा गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बासिन्दा प्रधानले प्रचण्डले बोलेको समाचारमा कमेन्ट गरेको आरोपमा पक्राउ गरेको थियो। नेपाली कांग्रेसको महासमिति वैठक सकिदै गरेको दिन नै प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो।

प्रधानको पक्राउ पछि कांग्रेस नेता गगन थापाले उनको विना शर्त रिहाइको माग गरेका थिए। चितवन कांग्रेसले प्रधानलाई रिहा नगरे प्रदर्शन गर्ने चेतावनी दिएको थियो।

प्रधान पक्राउ परे लगत्तै काठमाडौंमा महासमिति वैठकमा रहेका कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी चितवन गएका थिए। उनीहरुले प्रसासनमा वार्ता गरि प्रधानलाई रिहा गर्न पार्टीका तर्फबाट सहजिकरण गरेका थिए। प्रहरीले सामाजिक सञ्जालमा गाली वेइज्जती झल्किने सामग्री नराख्न प्रधानलाई सम्झाएको छ। 

नेकपाका अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउँदै निरपेक्षताबाट कांग्रेसपछि हटेको हो भने कांग्रेस नै समाप्त हुने चेतावनी दिएका थिए ।

प्रचण्डको अभिव्यक्तिको सोही समाचारमा गरेको कमेन्ट गरेकै आधारमा प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ