arrow

गोरखाको सामागाउँ जङ्गलमा आगलागी

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
BS-fire-ecology.jpeg

गोरखा ।जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए।

पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताए। “अहिले पनि आगो नियन्त्रणको प्रयास गरिरहेका छौँ तर कतिबेलासम्म नियन्त्रण हुने हो भन्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कति क्षेत्रफल जङ्गलमा आगलागी भयो भन्नेबारे पनि यकिन पनि गर्न सकिएको छैन । ”

आगलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ