arrow

मुख्यमन्त्री पोखरेलले लिए दाङ दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
pokhrel5.jpg

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिएका छन् ।  दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ ।  उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचार बारे उपचारमा संलग्न डाक्टरले मुुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् ।  बस दुर्घटनाको छानवीन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति समेत गठन भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ