arrow

सिएमसीले काम गर्छ भन्नेमा पूरा विश्वास छैन : मन्त्री मगर

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
bina-magar.JPG

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहेपनि कम्पनी प्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छन् ।
 
खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘संघीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने बताइन् ।
 
उनले भनिन्, “ठेकेदार कम्पनी सिएमसीसँग काम गर्न कुनै दुविधा छैन तर उसँग काम गर्नका लागि विश्वसनीय आधार भने हुनुपर्छ । सरकारले उक्त कम्पनीसँग विश्वासको आधार खोजिरहेको छ । पुनः काम गर्ने भन्नेमा विश्वास गर्ने वातावरण नबनिसकेको भएपनि मन्त्रालयले उच्च स्तरमा समस्याको हल खोजिरहेको छ ।”

सिएसी कम्पनीको अविश्वासका कारण सो आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढन नसकेको उनको भनाई छ । खानेपानी मन्त्री मगरले मुखैमा आइसकेको सो आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार निकै गम्भीर रहेको पनि उल्लेख गरिन्।
 
अन्तिम अवस्थामा आएर मेलम्चीको काम रोकिंदा साह्रै दुःख लागेको बताउँदै उहाँले मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई बाँड्न आतुर रहेको बताइन् । उनले भनिन् , “ हामी संयमित भएर समस्याको हल गर्न खोजिरहेका छौं । मेलम्चीको काम रोकिएकोमा अरु पक्षले फाइदा नलिईयोस् भन्नका लागि सरकार निकै गम्भीर भएर लागिरहेको छ ।”  

कार्यक्रममा मन्त्री मगरले खानेपानीको पहुँच भन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजनाहरु समेटेर योजना बुक तयार गरेको जानकारी दिइन् । घण्टौं घण्टासम्म पानीका लागि हिंड्नुपर्ने समस्याको हल गर्न थप योजनाहरु ल्याउन लागिएको उनको भनाई छ । उनले खानेपानी मन्त्रालय गठन भएपछि पहिलो पटक खानेपानीसँग सम्बन्धित कानुनहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ