arrow

अनसनरत पूर्वलडाकुसँग ४ बुँदे सम्झौता, अनसन तोडियो

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
ladaku_sahamati.JPG

काठमाडौं । आफूसँग भएको पुराना सहमतीहरु कार्यान्वयन नभएपछि अनसनबसेका ६ जना पूर्व लडाकुहरुले अनसन तोडेका छन् । सोमबार उनीहरुले चार बुँदे सहमती गर्दै अनसन तोडेका हुन् । 

गृहमन्त्रालयका प्रतिनिधिहरुसँग एउटा कार्यदल बनाएर सोही कार्यदलको सिफारिस अनुसार जनयुद्धमा घाईते भएकाहरुको पहिचान गरी उनीहरुकोलाई दिईने सेवा सुविधाको बारेमा स्पष्ट खाका तय गर्ने सहमती भएको छ । सो कार्यदलमा अनसनकारीका तर्फबाट पनि प्रतिनिधि राखिने सहमती भएको छ । कार्यदलले ३ महिना भित्र प्रतिवेदन बुझाएर सो कार्य सुरु गर्ने सहमती भएको मंगलसिंह प्रजाले जानकारी दिए । 

उनका अनुसार जनयुद्धका घाईतेहरुले आफ्नो पैसाले उपचार गरेको भए सो रकम भोलिदेखि नै गृहमन्त्रालयमा प्रमाण सहितको विवरण पेश गरेर भुक्तानी असुल गर्न सक्ने विषयमा पनि सहमती भएको छ । जनयुद्ध तथा आन्दोलनका घाइतेलाई समय सन्दर्भिक जीवन निर्वाह भत्ता ग्यारेन्टी गर्ने, त्यस्ता व्यक्तिहरूलाई निस्शुल्क शिक्षा तथा रोजगारीको व्यवस्था  गर्ने, औषधी तथा उपचारका आर्थिक सहायता गर्ने जस्ता विषयहरु कार्यदलले नै तोके अनुसार गर्ने सहमती पनि भएको छ । 

उनीहरु मंसिर २७ गतेदेखि माइतीघर मण्डलामा अनसन बसेका थिए । यसरी अनसन बस्नेहरुमा जुम्लाका नरवीर दमाई, बर्दिया गुलरियाका संग्रमे सार्की, बर्दिया सानोश्री लिलाचन्द्र कामी, मकवानपुरका मंगलसिंह प्रजा, कालिकोटका मन दर्जी र जुम्ला तातोपानीका वीरबहादुर परियार रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ