arrow

पोखरामा अवैधरुपमा कुखुरापालन गर्दै विदेशी नागरिक पक्राउ

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
bird-flue.jpeg

पोखरा । पोखरा महानगरपालिका–२३ धारापानीमा अवैधरुपमा कुखुरापालन गर्दै आएका फिलिपिन्सका नागरिक अल्बर्ट क्याटाकुटन कैसिपलाई पर्यटन प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

विगत १९ महीनाअघि देखि शङ्कास्पदरुपमा बस्दै आएका उनलाई गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक भगवती तिमिल्सिना नेतृत्वको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

 निजलाई कारवाहीका लागि आजै अध्ययागमन कार्यालयमार्फत अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि पनि अवैधरुपमा बस्दै आएका रसियन नागरिकलाई पनि पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ