arrow

गुल्मीमा पाँच महिनामा १४ सवारी दुर्घटना, ७ को मृत्यु

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ पुष ९ सोमबार
gulmi_district_map.png

गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीमा नयाँ आर्थिक वर्ष २०७५-०७६ सुरु भएदेखि मंसिर मसान्तसम्म १४ सवारी दुर्घटनामा ७ जनाको मृत्यू भएको छ । अहिले सम्म २ हजार ५ सय ९८ सवारी साधन कारबाहीमा परेका छन् । जसबाट  १५ लाख ५४ हजार राजस्व संकलन भएको छ । कारबाहीमा परेका सवारी साधनहरुबाट जरिवानाको रुपमा उक्त राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए  ।

नयाँ आर्थिक वर्ष सुरुभए देखि मंसिर मसान्तसम्म १४ सवारी दुर्र्घटनामा परेका छन् ।  जुन दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष सुरुभए देखि मंसिर मसान्तसम्म २ हजार ५ सय ९८ सवारी साधन कारबाहीमा परेको काफ्लेको भनाई छ ।

सवारी चालक दललाई प्रशिक्षण
सडक दुर्घटनालाई मध्यनजर गर्दै  ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई १ हप्ता सडक प्रशिक्षण समेत दिएको छ । जिल्लाका १० वटा विद्यालयमा शिक्षक, विद्यार्थीहरुलाई पनि प्रशिक्षण दिएको र जनचेतना मूलक कार्यक्रम गरेको छ ।

 अब बाँकी रहेका विद्यालयहरुमा पनि प्रशिक्षण दिईने र जनचेतना मूलक कार्यक्रम गर्ने प्रमुख काफ्लेले बताए । गुल्मीको तम्घासमा पछिल्लो समयमा अटो रिक्सा सञ्चालन मा छन् । ती अटो रिक्सा चालकलाई पनि प्रशिक्षण दिएको  छ  । जिल्लाका स्थानीय तहहरु ः सत्यवती गाउँपालिका, गुल्मी दरबार गाउँपालिकामा  प्रशिक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । बाँकी रहेका स्थानीय तहमा पनि जनचेतना मूलक कार्यक्रम गर्ने जनाईएको छ ।

चालकको लापरबाही, तिव्र गतिमा गाडी चलाउदा, यात्रुलाई ट्राफिक नियमको बारेमा जानकारी नहुँदा  दुर्घटना हुने गरेका सो कार्यालयको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ