arrow

इन्डोनेशिया सुनामीमा मर्ने ३७३ को शव भेटियो, १२८ बेपत्ता, १४५९ घाइते 

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
tsunami.jpg

जाकार्ता । इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ । 

सुनामीका कारण दक्षिणी सुमात्रा तथा पश्चिमी जाभा क्षेत्रमा परेर हराउने सङ्ख्या १२८ रेकर्ड गरिएको उक्त संस्थाले बताएको छ । शनिबार राति एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । 

सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । सुनामीका कारण मृत्यु भएका तथा घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । १४५९ जना घाइते भएका छन् । 

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीले जनाएका छन् । समुद्री तट नजीकको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । ती क्षेत्रमा रहेका अन्य भौतिक संरचना पनि ढलेका छन् । 

यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रमा अन्यत्रभन्दा बढी क्षति पुगेको सरकारी अधिकारीले बताएका छन् । 

भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ