arrow

विश्वभर क्रिसमसको रौनक, नेपालमा कस्तो ? 

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
chirstmas.jpg

काठमाडौं । मंगलबार डिसेम्बर २५ । क्रिसमस दिवस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्ती । यो अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम भइरहेका छन् । 

८२ वर्षीय पोप फ्रान्सिसले पनि भ्याटिकन सिटीमा क्रिसमस मनाएका छन् । उनले क्रिसमस र नयाँ वर्ष जनवरी १ तारिखको एकैपटक शुभकामना दिएका छन् । 

Worshippers surround the Pope in St Peter's Basilica in the Vatican for the Christmas mass

उक्त भ्याटिकन फेस्टिबलमा १० हजार मानिस सहभागी भएको डेलिमेलले जनाएको छ । पोपसंगै प्रार्थनामा रहनका लागि ६ महिनाअघिदेखि टिकट बुकिङ खुल्ला गरिएका थियो । 

Pope Francis spreads incense in front of a statue of Baby Jesus during the Christmas service

यस दिन एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् । क्रिसमस क्रिश्चियनले मात्र नभइ अन्य धर्माबलम्बीले पनि मनाउने गर्छन् । यसलाई मनोरञ्जन र प्रेमको प्रतीकका रुपमा पनि लिने गरिएको छ । 

Children walk past a statue of baby Jesus at the end of the Christmas Eve Mass celebrated by Pope Francis

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । 

कर्मचारीलाई चिन्ता
क्रिसमसका बेलामा तलव नपाए के होला ? खर्च गर्ने समय नै यही भएको भन्दै क्रिश्चियनहरु मस्तसंग खर्च गर्छन् । घुमफिर गर्छन् । सान्टाक्लज लगाएर रमाइलो गर्छन् । माया प्रेममा जोडिन्छन् । 

तर विकसित देशमा पनि कर्मचारीलाई तलव नदिएर सताइएको खवर आएको छ । अमेरिका जस्तो देशमा पनि यो समस्या भएर कर्मचारीहरु निराश बनेका छन् । 

अन्य देशमा पनि समयमै तलव नपाएर कर्मचारीहरुको क्रिसमस खल्लो भएको समाचार आएको छ । 

नेपालमा पनि क्रिसमसको रौनक, पर्यटक तान्ने उत्तम उपाय

क्रिसमस पछिल्ला वर्षहरुमा नेपालमा पनि भब्यपूर्वक मनाइन्छ । हिन्दू धर्माबलम्बीहरु पनि यही बहानामा मस्ती गर्ने गर्छन् । विशेष गरी पर्यटक तान्ने उपायका रुपमा पर्यटकीय क्षेत्रहरुमा यसको रौनक हुन्छ । 

यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ ।  नगरकोट, सौराहा, पोखरा लगायतमा पनि उल्लेख्यमात्रामा यसको रौनक भएको पाइएको छ । 

मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ ।

अहिले नेपालमा १२ हजार चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन् । २०६४ सालअघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइने गरेको छ ।

राष्ट्रपति भण्डारीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । 

उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो भन्दै हाम्रा बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छिन् । 

नेपालमा मनाइने चाडपर्वले विभिन्न सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा यस्ता पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । 

प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् । क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताए । 

ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ