arrow

६ वर्षकी छोरीमाथि दुस्कर्म गरी हत्या गर्ने अपराधी बाबुलाई मृत्युदण्ड

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
balatkari.jpg

काठमाडौं । ६ वर्षकी आफ्नै छोरीमाथि दुस्कर्म गरी हत्या गर्ने बाबुलाई मृत्युदण्डको सजाय भएको छ । भारतमा भएको उक्त घटनामा अफजल खानले आफ्नै छोरीमाथि ज्यादती गरेर घाँटी थिचेर हत्या गरेका थिए । 

खानलाई विशेष न्यायाधीश कुमुदिनी पटेलद्धारा फाँसीको सजाय सुनाइएको थियो । फैसलामा भनिएको छ – अफजललाई तबसम्म फाँसीको फन्दामा झुण्ड्याइरहनु जबसम्म उसको मृत्यु हुँदैन ।’

अफजलले न्यायाधीशलाई दिएको बयानमा उसले आफ्नी भएकोप्रति शंका भएरै हत्या गरेको थियो । 


घटना यस्तो छ –
घटना सन् २०१७ को मार्च १५ को हो । लालघाटीस्थित बरेला गाउँको उक्त घटनामा बच्चीको शव घरको पंखामा झुण्डिएको अवस्थामा पाइएको थियो । 

बच्चीको हत्या गरेपछि अफजलले कोहेफिजा पुलिसलाई छोरीको संदिग्ध परिस्थितिमा मृत्यु भएको सूचना दिएको थियो । 

तर डा गीता रानी गुप्ताले बच्चीको पोस्टमार्टम रिपोर्ट खुलासा गर्दै बलात्कारपछि उनको हत्या भएको बताएकी थिइन् । 

अफजललाई डीएनए टेस्टपछि पक्राउ गरिएको थियो । प्रहरीले आठ जनाको डीएनए टेस्ट गराएको थियो । बच्चीको कपडामा लागेको धब्बासंग अफजलको डीएनए म्याच खाएपछि गिरफ्तार गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ