arrow

विवाह मण्डपमै बेहुली कुटिइन्, पाँच ठिटाहरु पक्राऊ, बेहुला सुरक्षित

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
Marriage-..jpg.jpeg

तेह्रथुम । विवाह भइरहेकै बेला कुटिनु परे बेहुलीलाई त्यो भन्दा बढी पीडा के होला ? तर भएको छ त्यस्तै । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीमाथि कुटपिट भएको छ । 

सोमबार राति १०ः३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाहरुको समुहले आक्रमण गरेको थियो ।

उनीहरुको कुटपिटबाट बेहुली २२ वर्र्षीया प्रतिक्षा सम्बाहाम्फेसहित चार जना घाइते भएका छन् । 

प्रहरीले विवाहमा कुटपिट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १४ वर्षे ओमन लिम्बु, १७ वर्षे मन्दिप लिम्बु, १९ वर्षेद्धय सरोज लिम्बु र सुदीप लिम्बु तथा २१ वर्षेदिनेश लिम्बु हुन् । 

बेहुलीलाई थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । बेहुला सुरक्षित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ