arrow

प्रहरी हुँ भन्दै आतङ्क फैलाउने सुनुवार पक्राउ

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
pakrau.JPG

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ