arrow

वाजपेयी जयन्ती : मनन गर्नुपर्ने भाषणहरु

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
atal-bihari-vajpayee.png

काठमाडौं । मंगलबार भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीको ९५ औं जयन्ती हो । निकै संवेदनशील विषयलाई निकै सहजतापूर्वक लिने नेताका रुपमा चिनिन्छन् । अटल विहारी वाजपेयीका मनन गर्नुपर्ने केही भाषणहरु यहाँ उल्लेख गरिएको छ –

१.सन् १९९८ मा उनले संसदमा बोलेका थिए – देशको नीतिमा निकै कम अवरोध हुनु जरुरी हुन्छ र त्यो विश्वसनीय पनि हुनु जरुरी हुन्छ ।
 
२. २००३ मे संसदमा – तपाइँ आफ्नो मित्रलाई बदल्न सक्नुहुन्छ,  छिमेकीलाई होइन ।

३. २००३ जुन पेकिङ विश्वविद्यालयमा– यो तथ्यलाई कसैले पनि नकार्न सक्दैन कि छिमेकीसँग भाइचाराको सम्बन्ध विस्तार गर्नुभन्दा पहिला आफ्नो परिवार सुधार्नु जरुरी हुन्छ ।

४. १९९६ मा लोकसभा अविश्वास प्रस्तावबारे बहसको जवाफ दिँदै भनेका थिए – यदि पार्टी फुटाएर सत्तामा आउनका लागि नयाँ बनाउने गठबन्धन बनाउने हो भने म सत्तालाई छुनु पनि राम्रो मान्दिनँ ।

५. सार्क सम्मेलनमा २००४ – परस्पर सन्देश तथा तुच्छ प्रतिस्पर्धाले हामीलाई भयभीत गर्दै आएको छ । जसको कारण यो क्षेत्रले शान्तिको फाइदा लिन सकेको छैन । हामीले समग्र दृष्टिले आगाडिको बाटोको बारेमा सोच्नुपर्छ ।

६. २००३ सेप्टेम्बर– प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न हिस्सा हो । यसले विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्ने गर्छ । साथै धेरै किसिमको विचार ल्याउन पनि सहयोग गर्छ ।

७. २००३ सेप्टेम्बर – कसैको विश्वासलाई लिएर उसलाई उत्पीडित गर्ने र सबैले एकै किसिमले सोच्नुपर्छ भन्ने कुरामा जोड दिनु हाम्रो मूल्य र मान्यता विपरीत हो ।

८. २००३ अप्रिल – बन्दुकले कुनै पनि समस्याको समाधान गर्न सक्दैन तर भाइचारले सक्छ । कुनै सिद्धान्त र मानवतामा आधारित रहेर सोच्ने हो भने कुनै पनि समस्याको समाधान गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ