arrow

ठगी मुद्दाका दोषी जेल चलान

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
pakrau-new.jpeg

काठमाडौँ ।वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७४ असोज ३० गतेको फैसलाले तीन वर्ष कैद र रु तीन लाख जरिवाना ठहर भई फरार हुँदै आएका थापा सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार चलान भएका हुन् । फरार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँबाट पक्राउ गरी सोमबार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार उनी कारागार चलान भएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

विसं २०७१ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिबिना नै उनीसमेतका व्यक्तिले मकाउ पठाइदिने प्रलोभन देखाइ रु नौ लाख ठगी गरेको आरोपमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा परेको थियो ।

डम्बरजङ सारुमगर समेतको जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा न्यायाधिकरणले तीन वर्ष कैद र रु तीन लाख जरिवानाको फैसला सुनाएको थियो । पीडित व्यक्तिलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसहित हुन आउने रु १३ लाख ५० हजार भराइ दिने फैसला गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ