arrow

ओली सरकार कुहिरोको कागझैं : नेता पौडेल

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
ramchandra-daju-news-aa.jpeg

काभ्रेपलाञ्चोक । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् ।

अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । उनले भने, “दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।” वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने, “सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।”

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । उनले “वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ,” भने । नेता पौडेलले कांग्रेसले महासमिति बैठकका बेला नमूना विधान बनाएको बताए। “तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ”, उनले भने।

पूर्वराज्यमन्त्री लालध्वज तामाङले सत्यतथ्य समाचार जनताको बीचमा पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरे । पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले तीनै तहका सरकारले सञ्चारमाध्यम सञ्चालन गरी गाउँगाउँसम्म विकासका खबर पुर्‍याउनुपर्ने विचार राखे । सो अवसरमा नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र पौडेल, पे्रस काउन्सिलका सदस्य ईश्वरी ओझा, काभ्रेपलाञ्चोक कांग्रेसका सभापति मधुप्रसाद आचार्य, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बेथानचोक गाउँपालिकाका अध्यक्ष गोपाल तिमल्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ