arrow

विरोधपछि कर्मचारीको ज्येष्ठता सूची सच्याईयो, यस्तो छ परिमार्जित विवरण 

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
samanya_prasasan.jpg

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी ज्येष्ठताको सूची विवादमा आएपछि विवरण सच्याएको छ । यस अघि सोमबार मन्त्रालयले सार्वजनिक गरेको सो सूचीमा राखिएका नामहरु ज्येष्ठता क्रम नमिल्ने गरी राखेको पाईएपछि कर्मचारीहरुले विरोध जनाएका थिए । 

मंगलबार विहानै सो सूची मन्त्रालयको वेभसाईटबाट हटाईएको थियो । साँझ फेरि सो सूची प्रकाशन गर्दै अझै पनि केही गल्ती भएको भए मन्त्रालय वा निजामती किताबखानामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । सो सूचीमा भिन्न भिन्न दिनमा सेवा सुरु गरेका कर्मचारीहरुको समेत एउटै दिनमा सुरु गरेका कर्मचारी सरह राखिएको थियो । यस्तो समस्या धेरै देखिएपछि कर्मचारीहरुले यसको विरोध गरेका थिए । 

समायोजनमा जाने कर्मचारीहरुलाई आफूले रोजेको ठाउँमा जानको लागि सबैभन्दा पहिले ज्येष्ठताको आधारमा रोज्न दिईन्छ । त्यसैले पनि कर्मचारी समायोजनको लागि ज्येष्ठता धेरै महत्वपूर्ण मानिएको छ । मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले केही अपडेट गर्नुपर्ने देखिएकोले निजामती कितावखानालाई अपडेटकोे लागि पठाईएको प्रतिक्रिया दिए । ‘हामीले कितावखानालाई तत्कालै सूची सच्याउनको लागि भनेका थियौं ।’ खतिवडाले भने प्राविधिक गडबढी भएको हो अरु समस्या होईन ।’

यस्तो छ परिमार्जित ज्येष्ठताको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ