arrow

कांग्रेस पूर्व उपभापति रघुनाथ अधिकारीको निधन

logo
प्रकाशित २०७५ पुष १० मंगलबार

चितवन । प्रजातन्त्रका सेनानी नेपाली कांग्रेस चितवनका पूर्व उपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

वीर अस्पताल काठमाडौंमा उपचारका सिलसिलामा आज बिहान उनको निधन भएको हो । हृदयाघात भएपछि उनि अस्पताल भर्ना भएका थिए । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उनको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्ठि गरिएको छ । यस अघि उनको पार्थीव शरिरमा काठमाडौँमा नेपाली काँग्रेसका उपभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए ।

अधिकारी विसं २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ को जनमतसङ्ग्रहका बेला पटकपटक गिरफ्तारीमा परेका थिए । रघुनाथका बुबा उदयनाथ अधिकारी लमजुङमा ‘हलो क्रान्ति’मा सहभागी भएपछि तत्कालीन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाँइ–सरेका थिए ।

उदयनाथ कांग्रेस चितवनका संस्थापक नेता थिए । रघुनाथका एक छोरा र एक छोरी छन् । खैरहनी नगरपालिका–५ को वडाध्यक्ष बनेका अर्का छोरा नरेन्द्र अधिकारीको सवारी दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो ।

नेपाली कांग्रेस चितवनका सभापति श्रेष्ठले उनको निधनमा बुधबार मातहतका कार्यालय बन्द गरिने र तीन दिनसम्म झण्डा झुकायर औपचारिक कार्यक्रम नगर्ने बताए । उनको निधनले सिङ्गो पार्टीमा अपुरणीय क्षती पुगेको श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ