arrow

वायु प्रदुषणले संक्रामक रोग बढाउदै, लामो समय बाच्ने दर घटाउदै

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
environment-pollutation.jpg

काठमाडौं। नसर्ने रोग लागेर लामो समय बाच्न सकिने दर अबको दश बर्षमा घटदै जाने वाताबरणिय स्वास्थ्य बिज्ञहरुले बताएका छन। उपत्यका लगायत नेपालका प्रमुख शहरहरुमा वायु प्रदुषणको मात्रा बढ्दै गएकोले यस्तो वाताबरणमा लामो समय बस्न कठिनाइ हुन थालेको छ। क्यान्सर, मुटु, फोक्सो लगायतका रोग लागेकाहरुको लामो समय बाच्ने दर अबको १० बर्षमा रफ्तारमा घट्दै जाने वातावरणिय स्वास्थ्यका बिशेषज्ञ प्रा डा सुनिल कुमार जोशीले बताए। 

नेपालमा अहिले मुटु, फोक्सो, क्यान्सर लगायतका रोग वायु प्रदुषणका कारण बढदै गएको योजना आयोगले गरेका अध्ययनहरुले देखाएको छ। वायु प्रदुषणकै कारणले रगतका नसामा घाउ पार्ने, प्वाल पार्ने, क्लट जम्मा हुने समस्या देखिएको छ। गोलाकार, षटकोण लगायतका बिभिन्न प्रकारका धुलाका कणमा भिन्न प्रकारका यातायात, औधोगिक क्षेत्रबाट निस्केका धुवामा रहेका केमिकलको समिश्रणले संक्रामक रोग बढदै गएको छ।

वायु प्रदुषण संगै स्वच्छ खानेपानीको अभाव र बिषादी प्रयोग भएको फलफुल तरकारी लगायतका खाद्य पदार्थको प्रयोग बढदै गएकाले अबको दश बर्षमा स्वास्थ्यमा डरलाग्दा रोग निम्तने र यसको प्रभावले मानिसको आयु कम हुदै जाने बिज्ञहरुले औल्याएका हुन। 

वायु प्रदुषण संगै अहिले शहरी क्षेत्रमा ढल व्यवस्थापन नहुदा यसले संक्रामक रोगलाई बढाउदैछ। प्रदुषित वाताबरणमा खुल्ला ढलले गर्दा तत्काल कडा रुघाखोकी, टन्सीलाइटीस, दम, ब्रोङकाइटिस, निमोनिया जस्ता संक्रामक रोग निम्तिरहेका छन। प्रदुषित वातावरणले छालाका रोगी पनि अत्यधिक बढेको  धुलिखेल अस्पतालका छाला तथा यौन रोग बिशेषज्ञ डा. स्मृति श्रेष्ठले बताए।  

यो संगै मानिसमा तनाब बढदै गएको र रोग संग लड्ने क्षमता हस हुदै गएकाले पनि अबको दश बर्षमा कडा खालको नसर्ने रोग बढदै जानुका साथै ति बिरामीको रोग लागेर लामो समय बाच्ने दर घटदै जाने अध्ययनहरुले देखाएको वाताबरणिय स्वास्थ्यका बिशेषज्ञ तथा नेपाल मेडिकल कलेजका सामुदायिक चिकित्सा बिभागका प्रमुख प्रा डा जोशीले जानकारी दिए। 

पछिल्लो समय नेपालमा वायु प्रदूषणका कारण विभिन्न व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्। विशेषगरी ग्रामीण भेगमा घरबाटै उत्पन्न हुने प्रदूषणबाट महिला र उनी संगै बस्ने बालबालिकामा सबैभन्दा बढी असर परेको देखिन्छ।

राष्ट्रिय योजना आयोगले गरेको एक सर्वेक्षण अनुसार ग्रामीण भेगमा घरेलु प्रदूषणका कारण प्रायः शिशुहरूको गर्भ मै मृत्यु हुने गरेको पाइएको छ। गर्भवति महिलाहरु लामो समयसम्म घरभित्रका वायु प्रदुषणमा बस्दा प्रायः शिशुहरूको गर्भ मै मृत्यु हुने गरेको पाइएको छ।

घर भित्रका वायु प्रदुषणले ग्रामिण महिला र बालबालिकालाई आक्रान्त पारिरहेका छन भने बाहिरका वायु प्रदुषणले शहरी क्षेत्रका सबैजसोलाई डरलाग्दो रोगको शिकार बनाउदैछन। बिश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार प्रत्येक १० मध्ये नौजानले लिने श्वास प्रदुषित छ। त्यसैले बिश्वमा प्रत्येक बर्ष ७० लाखले अनाहकमा ज्यान गुमाइरहेका छन। १५ बर्ष मुनीका ६ लाख बालबालिकाको वायु प्रदुषणकै कारणले ज्यान गइरहेका छन।

बिश्व बैकको पछिल्लो तथ्याक अनुसार प्रत्येक बर्ष नेपालमा २२ हजारको वायु प्रदुषणकै कारणले बिभिन्न रोग लागेर ज्यान गइरहेको छ। पछिल्लो समयमा नेपालको शहरी क्षेत्र बिशेषगरी उपत्यकामा यातायातका साधनले फालेका कालो मुस्लो धुँवा, सडक बिस्तारका नाममा र मेलम्ची खानेपानीको पाइप बिच्छाउने नाममा जताततै सडक खन्ने, फोहोर जताततै बाल्ने, जथाभावि घर भत्काउने जस्ता गतिबिधिले वायु प्रदुषण बढ्दै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ