arrow

कर्मचारी समायोजन समस्या जटिल बन्दै, वार्ताको वातावरणसमेत बनेन 

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
karmachari-1.jpg

काठमाडौँ । पेशागत महासङ्घ नेपालले कर्मचारी समायोजनको समस्या समाधान वार्ताबाट खोज्न सरकार र सम्बद्ध ट्रेड युनियनको ध्यानाकर्षण गराएको छ । 

महासचिव विष्णु लामिछाने जारी गरेको प्रेस विज्ञप्तिमा यथाशीघ्र वार्ता र संवाद गरी उपयुक्त निकास निकाल्न सरकार तथा सम्बद्ध ट्रेड युनियनहरुको ध्यानाकर्षण गराएको हो । 

“अहिलेको स्थितिमा सरकार, ट्रेड युनियन र सम्बद्ध सबै पक्ष संयमित भई कानूनद्वारा निर्माण भएका संस्थाहरु आधिकारिक युनियनका माध्यमबाट समस्याको निकास पहिल्याउन आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ । 

अहिले स्थानीय तहमा रहेका तत्कालीन स्थानीय निकायका कर्मचारी आफ्नो कार्यस्थलमा विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन् । सिंहदरबारभित्रै निजामती कर्मचारीहरु घेराउ लगायतका क्रियाकलापमा संलग्न छन् । 

यसैको विषयमा सामाजिक सञ्जालहरुमा विभिन्न प्रतिक्रिया आइरहेको तथा नेपाल खानेपानी संस्थानमा बोर्डको अध्यक्ष नियुक्तको मागसहित विगत ३८ दिनदेखि कर्मचारी धर्नामा बसिरहेको अवस्थाले महाङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कर्मचारी समायोजन ऐन, २०७४ प्रतिस्थापन गरी अध्यादेशमार्पmत कर्मचारी समायोजन ऐन २०७५ जारी भएपश्चात् निजामती सेवामा कार्यरत कर्मचारी र स्थानीय निकायमा सेवा प्रवेश गरी हाल स्थानीय तहमा कार्यरत कर्मचारीहरुमा तरङ्ग सृजना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ