arrow

आप्रवासी मार्ने अमेरिकी प्लान ? ८ वर्षे बालकको पनि गयो ज्यान 

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
migrants-america.jpg

काठमाडौं । आप्रवासीप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनुदार छन् । त्यही अनुदार नीतिको झल्को पछिल्लो घटनाले देखाएको छ । एक महिनाको अवधिमा दुई आप्रवासी बालबालिकाको मृत्यु भएपछि सशंकित हुनुपर्ने अवस्था आएको छ । 

मंगलबार राति अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षका आप्रवासी बालकको ज्यान गएपछि थप सशंकित पारेको हो ।

मेक्सिकोसँग जोडिएको सीमाबाट अमेरिका प्रवेश गरेका ग्वाटेमालाका ती बालकलाई अवैध आप्रवासी रहेको भन्दै अमेरिकी सरकारी संयन्त्रले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । बालकको हिरासतमै रहेका बेला ज्यान गएको अमेरिकाको आप्रवासन सम्बन्धी कार्यालयका अधिकारीले बताएका छन् ।

अमेरिकी अधिकारीले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गरेकाहरुलाई पक्राउ गर्ने गरेका छन् ।

८ वर्षे बालकलाई चिसो लागेको तथा ज्वरो आएकोले उपचार गरेको तर उनको निधन भएको सीमा क्षेत्रमा खटिएका अमेरिकी अधिकारीले बताएका छन् ।

यसअघि ग्वाटेमालाबाट अमेरिका आएकी ७ वर्षकी बालिकाको हिरासतमा लिएको केही घण्टापछि नै निधन भएको थियो ।

Jakelin Caal's brother Abdel holds a picture of her sister outside their home in San Antonio Secortez. Photo: 22 December 2018



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ