arrow

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

logo
सुनिल आउजी 
प्रकाशित २०७५ पुष ११ बुधबार
rabi-ood-aama.jpg

धनगढी । नेपाल आइडल रवि ओडकी आमाको मृत्यु भएको छ । बुधबार बिहान मोटरबाट पानी तान्ने क्रममा नेपाल आइडल सिजन टु का विजेता रविकी आमाको आमाको करेन्ट लागेर मृत्यु भएको हो ।
 
बिहान ७ बजेतिर  पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया बिस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको सेती अञ्चल अस्पतालले जनाएको छ । 

सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्याउँदा मृत्यु भइसकेको पुष्टि गरे ।

रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ ।  विस्ना रविकी सौतेनी आमा हुन् । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ