arrow

उपत्यकाको न्युनतम तापक्रम २ डिग्री, किन टर्दैछ हिउँदे बर्षाको सम्भावना ?

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
weather.jpg

काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबार २ डिग्रीमा झरेको छ । मंगलबार न्युनतम तापक्रम २ दशमलब ६ डिग्री पुगेको उपत्यकाको तापक्रम बुधबार २ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले अबको केही दिन न्यूनतम तापक्रम २ देखि ३ डिग्रीको हाराहारीमा रहने हँुदा अझै चिसो बढ्ने जानकारी दिए । अहिले जाडोको मध्य अवस्थामा रहेकाले अबका दिन न्युनतम तापक्रम घट्दै जाने र  बढी चिसो हुने उनले बताए । 

पश्चिमी बायुको प्रभाव कमजोर रहेकाले हिउँदे बर्षा हुने सम्भावना तत्काल  नरहेको मौसमबिदहरुले बताएका छन्  । बर्षा हुनका लागि पश्चिमी बायु सक्रिय हुनुपर्ने मोसमविद् अर्यालले उल्लेख गरे ।  

यसैबीच मौसम पूर्वानुमान महाशाखाले जारी गरको विज्ञप्ति अनुसार बुधबार देशका पहाडी भुभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । 
देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति पहाडी भुभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

महाशाखाको तथ्यांक अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस पुगेको छ । तर जल प्रकोप नियन्त्रण महाशाखाका अनुसार भने मनाङ्गको न्युनतम तापक्रम माइनस १४ पुगेको छ । 

मौसम विज्ञान विभागको जाँच गर्ने स्टेशन मनाङ्गमा नभएकाले भएका स्टेशनमध्ये जुम्लामा कम देखिएको मौसमबिद गंगा नगरकोटीले जानकारी दिए । त्यसैगरी जोमसोमको न्युनतम तापक्रम  माइनस २ दशमलब ७ र जिरीमा माइनस ३ दशमलब २ डिग्रीमा झरेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ