arrow

मुस्लिम समुदायद्वारा दाइजो प्रथा अन्त्यका लागि अभियान

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
muslim1.jpg

सप्तरी । मुस्लिम समुदायद्वारा सप्तरीको राजविराजमा दाइजो प्रथालाई अन्त्य गर्न मङ्गलबारदेखि १० दिने अभियान शुभारम्भ गरिएको छ । इस्लामी सङ्घ नेपाल सप्तरीका अध्यक्ष मो कलिमुज्जमा खाँले सर्वसाधारणमा दाइजाविरुद्घ चेतना विस्तार गर्ने उद्देश्यका साथ १० दिने अभियान थालिएको जानकारी दिए।

समाजमा दाइजो लिने र दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने मुख्य उद्देश्यका साथ शुरु गरिएको अभियान जिल्लाका १८ वटै स्थानीय तहमा पुर्‍याउने उनले बताए । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् ।

इस्लामी सङ्घ नेपाल सप्तरीको संयोजनमा दाइजो प्रथाको अन्त्य गरौँ, छोरीलाई दाइजो होइन, पैतृक शिक्षा अंश दियौँ, हिंसारहित समाज निर्माण गरौँ,लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीयवासी शिव मन्दिरको प्राङ्गणबाट निस्केको पदयात्रा राजविराज नगर क्षेत्रको विभिन्न परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ