arrow

प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७५ पुष ११ बुधबार
china-blast-univesity.jpg

बेइजिङ। बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ। बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो।

उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान ९.३० बजे भएको थियो। घटनास्थलमा झण्डै ३० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो। आगो नियन्त्रण गर्न झण्डै एक घण्टा लागेको थियो। स्थानीय अधिकारीहरुले उक्त घटनाको अनुसन्धान थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ