arrow

ईसाईको प्रभावमा फसे बादल र गृहसचिव, सशस्त्र ब्यारेकका नाम फेरिए 

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
badal-rai-khanal.jpg

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव प्रेमबहादुर राईको योजनामा सशस्त्र प्रहरी बल बाहिनी तथा गणहरुको नाम फेरिएको खुलासा भएको छ । ईसाई धर्मपरिवर्तनको लक्ष्यसहित बादल र राईले बाहिनी र गणहरुको नाम फेरेको स्रोतको दावी छ । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ईसाई धर्म मान्ने मुलुकको प्रभावमा परेर बादल र राईले नाम फेरेका हुन् । सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्ने नाममा बाह्य शक्तिको दवावकै कारण गृह मन्त्रालयले स्थापनाकालदेखिका नाम फेरिएको बताइन्छ । 

बाहिनी र गणहरुको नाम देवीदेवताका नाममा राखिएको थियो । 

सरकारकै एक वरिष्ठ अधिकारीका अनुसार गृहमन्त्रालयको प्रस्तावलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विरोध गर्न नसकेपछि इतिहास मेट्ने काम भएको हो । 

गृहले केही समयअघि देखि नै सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्ने बताएको थियो । तर त्यही बहानामा बाह्य शक्तिको दवावकै कारण देवीदेवताका नाममा राखिएका क्षेत्रीय कार्यालय र गणहरुको नाम परिवर्तन गरिएपछि यसले ठूलै हलचल मच्याउन सक्ने देखिएको छ । 

केही महिनाअघि मात्रै गृह मन्त्रालयले संघीय संरचना अनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्ने नाममा तत्कालिन पूर्व क्षेत्रीय सशस्त्र प्रहरी मूख्यालय बराहा बाहिनी (पोकली, सुनसरी), मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मूख्यालय रुद्र बाहिनी (पथलैया, बारा), पश्चिम क्षेत्रीय मूक्तिनाथ बाहिनी (पोखरा– कास्की) , सशस्त्र प्रहरी वल मध्यपश्चिम क्षेत्रीय मूख्यालय महेश्वरी बाहिनी वीरेन्द्रनगर, सुर्खेत र मध्यपश्चिम मूख्यालय वैद्यनाथ बाहिनी (डोटी–दिपायल)को नाम परिवर्तन गरिसकेको छ ।

साविक वाहिनीपतिको नामलाई प्रदेशको आधारमा १ देखि ७ नम्बरसम्म राखिएको छ । त्यस्तै देशभरका गण र गुल्मको पनि नाम परिवर्तन भईसकेको छ । गण तथा गुल्मको नाम पनि नम्बरका आधारमा नामाकरण गरिएको छ । तर यस विषयमा सशस्त्र प्रहरी र गृह मन्त्रालयका कोहीपनि अधिकारी बोल्न चाहदैनन् ।

देशभरका गणगुल्मको पनि नाम परिवर्तन गरेर अंकका आधारमा नामाकरण गरिएको छ । यसअघि २४ वटा गणहरू देवीदेवताका नाममा राखिएका थिए । अहिले गणको संख्या ३६ पुर्याइएको छ । 

सशस्त्रले आफ्नो ईष्ट देवीको रुपमा बगलामुखीलाई मान्दै आएको छ । हरेक बर्षको बडादशैं र चैते दशैंमा त्यहाँ सशस्त्र प्रहरीले विशेष पुजाआजा गर्दै आएको छ ।

के अब बगलामुखीमा सशस्त्रले विशेष पुजा गर्ने छैन ? कतै सरकारले हिन्दूधर्मका सबै धरोहर मेट्न खोजिरहेको त छैन ? 

केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि एसिया प्यासिफिक समिटको सहआयोजना गर्दै हैसियत दूनियाँसामु देखाइसकेको छ । 

सशस्त्रमाथि नै पहिलो प्रहार गर्नुले सशस्त्रको संरचना कति कमजोर रहेछ भन्ने पनि स्पष्ट हुन्छ । 

गत सातामात्रै ईसाई धर्म परिर्वतनमा सक्रिय डान चर्चले सशस्त्र प्रहरीलाई पानी तान्ने पम्प दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ