arrow

गुमेको साख जोगाउँदै स्वास्थ्य, दुई हप्तामा पाँच महत्वपूर्ण उपलब्धी

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
kedar-bahadur-adhikari-swastha-sachiv.jpeg

काठमाडौंं । लामो समयदेखि अस्थिर रहेको स्वास्थ्य क्षेत्र पछिल्लो समय क्रमशः तग्रिन थालेको छ । सरकारले स्वास्थ्यमा प्रशासन समुहका सचिव केदारबहादुर अधिकारीलाई पठाएको दुई हप्ता नपुग्दै गुमेको शाख जोगाउनतर्फ सचिव केन्द्रित भएका छन् । 

उनले कार्यभार सम्हालेको दुई हप्ता नपुग्दै वर्षौदेखि गर्न नसकिएका काम सम्पन्न गरेका छन् । सरकारले प्रशासन तर्फबाट सचिव पठाएसंगै स्वास्थ्यले केही सुधारका संकेत देखाएको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् । 

महिनौंदेखि फाइल रोकिने समस्या, सेवा ग्राहीको काममा भएको ढिला सुस्ती र नीतिगत काममा भएको ढिला सुस्तीबाट आजीत स्वास्थ्यकर्मी तथा जनताले नयाँ सचिवले देखाएको कामप्रति सन्तोष देखाएका छन् ।

सरकारले दुई हप्ता अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. पुष्पा चौधरीको स्थानमा प्रशासन समुहका सचिव केदारबहादुर अधिकारीलाई पठाएको थियो । स्वास्थ्य प्रत्येक दिन धरासायी बन्दै जानथालेपछि सस्थालाई सुधार गर्न सरकारले अधिकारीलाई सरुवा गरी पठाएको हो । 

महिनौ फाइल अड्किने समस्या 
अधिकारीलाई सचिवमा पठाउनु अगाडि स्वास्थ्य मन्त्रालयको सचिव डा. चौधरी थिईन् । प्रसुति गृहको निर्देशक र स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हँुदादेखिनै बिवादित उनी स्वास्थ्य सचिव भए पछि थप बिवादमा परिन् । 

उनको सचिवालयका कर्मचारी भन्छन, – डा. चौधरीको काम फाइल महिनौ दिनसम्म रोक्ने हो । आफु अनुकुलका फाइय मात्रै अगाडि बढाउने गर्नुहुन्थ्यो । तर, अहिले कुनै पनि फायल रात बस्नु परेको छैन ।’

गोप्य कोठा र जम्का भेटमा अधिकारीले गरेको कामको प्रशंसा मात्रै गर्दैनन् सुधारको अनुभुती भएको समेत भन्न थालेका छन् । 

विगतमा नभएका काम दुई हप्तामै भयो 
–    सचिव अधिकारीले आफु स्वास्थ्यमा आएको ७ दिनमै महत्वपूर्ण निर्णय गरे । यस अगाडी मन्त्रालयमा रोकेर राखिएको अधिकार उनले प्रदेशमा हस्तान्तरण गरेका छन् । मन्त्रालयका अनुसार स्थानीय तह, प्रदेश मातहतका स्वास्थ्य सस्थामा कार्यरत कर्मचारी र खाली दरबन्धीमा प्रदेशले नै आवश्यकता अनुसार स्वास्थ्यकर्मीको भर्ना र सरुवा गर्ने अधिकार दिए । अर्थिक चलखेल गर्न यो अधिकार केन्द्रले नै राख्दै आएको थियो । 

–    डा. पुष्पा चौधरीको पालमा खारेज गरीएका ७७ जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय पुन फिर्ता भएको छ । शैद्धान्तिक सहमती दिएको मन्त्री परिषदले सोमबार पास गरेको छ । 

–    लामो समय देखि रोकेर राखेको १२ सय वडामा स्वास्थ्य केन्द्र बनाउने योजना दुई दिन अगाडी मात्रै सचिव अधिकारीले स्वीकृत गरेका छन् । सरकारको नीति योजनामै समेटिएको विषय भएपनि आर्थिक चलखेल गर्ने नाममा काम अगाडी बढ्न सकेको थिएन । 

–    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफ्ना कर्मचारी कति छन् भन्ने विषयमा हाल सम्म कुनै जानकारी थिएन । पटक पटक प्रश्न उठ्ने गरेपनि नेतृत्व कमजोर भएका कारण कर्मचारीको कुनै लेखा जोखा भएन । मन्त्रालयले अनुमानका आधारमा आफ्ना ३४ हजार कर्मचारी भएको तथ्याङ्क पेश गर्दै आएको थियो । स्वास्थ्य सचिव अधिकारीले कर्मचारीको एकिन संख्या नपाए पछि फिल्डमा गएर कर्मचारीको विवरण संकलन गरी तत्काल पेश गर्न निर्देशन दिए । मन्त्रालयले ७ वटै प्रदेशमा कर्मचारी खटायो । उनिहरुले २४ घण्टा खटेर एकिन विवरण तयार पारिरहेका छन् । मन्त्रालयका शाखा अधिकृत सम्भु कटुवालका अनुसार ९५ प्रतिशत अर्थात २६ हजार बढी कर्मचारीको सुचि तयार भैसकेको छ । कर्मचारीको एकिन विवरण संकलन कार्य स्वास्थ्य मन्त्रालयको ईतिहासमा पहिलो कदम हो । यसलाई कर्मचारीहरुले ठुलो उपलब्धीका रुपमा लिएका छन् । 

–    गत असोजदेखि फाजिलमा रहेका १५ सह सचिव मध्ये ६ जनाको तत्काल पद अनुसार व्यवस्थापन गरिएको छ । काम नगर्ने कर्मचारीलाई कारवाही सचिव अधिकारीले जीम्मेवार भएर काम नगर्ने कर्मचारीलाई कारवाही गरिने बताएका छन् । मन्त्रालय र विभागको काम छाडेर आवश्यक भन्दा बढी भ्रमणमा जाने कार्य रोक्न निर्देशनसमेत दिएका छन् । स्वास्थ्य जनतासंग गासिरएको विषय भएकाले यसलाई सबैले जिम्मेवार भएर अगाडी बढाउनु पर्ने बताए । सचिव अधिकारीले सेवा ग्राहीको गुनासो सुन्ने देखि हरेक शाखाको काम कसरी अगाडी बढिरहेको छ भन्ने विषयमा नियमीत रुपमा अनुगमन गर्ने भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ