arrow

धर्म परिवर्तनको षडयन्त्रमा लागेको सरकार विरूद्ध कांग्रेस उभिन्छ – गगन थापा

‘प्रजातान्त्रिक व्यवस्थाभित्र नेकपाका दुबै चालकहरु अभ्यास गर्न इच्छुक छैनन भन्ने प्रचण्डको अभिव्यक्तिले देखाएको छ’

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
gagan7.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रजातान्त्रिक व्यवस्थाभित्र नेकपाका दुबै चालकहरु अभ्यास गर्न इच्छुक छैनन् भन्ने प्रचण्डको अभिव्यक्तिले देखाएको बताएका छन् । 

महासमिति बैठकपछि पहिलो पटक कृष्णप्रसाद सिटौलासहितका नेताहरुसंग रहेर विचार सार्वजनिक गर्ने क्रममा थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसद बैठकमा दिएको अभिव्यक्तिको खरो टिप्पणी गरेका हुन् । 

प्रचण्डले आफूहरुले सबै राम्रा काम गरेको र विपक्षीले आरोपमात्रै लगाएको बताएका थिए । प्रचण्डले एसिया प्यासिफिक समिटमा सरकारको सहआयोजनाको ढाकछोपमात्र गरेका थिएनन् क्रिसमसका दिन नागरिकले धर्म परिवर्तन गर्न पाउने अधिकार रहेको बताएका थिए ।

नेता थापाले धर्म वैयक्तिक बिषय भए पनि सनातन धर्मको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले सरकार समेत धर्म परिवर्तनको षडयन्त्रमा लागेको कांग्रेसको ठहर रहेको उल्लेख गर्दै यो षडयन्त्रको विरूद्ध कांग्रेस उभिने स्पष्ट पारे । 

थापाले कम्युनिष्ट नेतामा सेट अप स्किल नै नभएको दावी गरे । 

महासमितिमा आत्मसमीक्षा भयो
नेता थापाले काँग्रेसको महासमिति बैठकमा नेताहरुले आत्मसमीक्षा गरेको बताए । उनले पार्टी खुला सदस्यको बाटोमा गएको र आम जनतामा आश्रीत पार्टीको रूपमा कांग्रेस जाँदै गरेको बताए । 

कतिपय सन्दर्भमा आत्मवोध गर्दै सार्वजनिक रूपमा क्षमायाचना पनि गर्नुपर्नेमा उनले जोड दिएका छन् ।  

उनले मर्यादासमेत बिर्सिएर आरोप प्रत्यारोपमा उत्रिएका नेताहरूले त्यसलाई कम गर्दै महासमितिको सुखद अन्त्य भएको टिप्पणीसमेत गरे । 

संविधानमा अपनत्व लिएर संविधानको सार्थक कार्यान्वयनमा काँग्रेस लाग्छ भन्ने महासमितिको सन्देश रहेको पनि थापाले सुनाए । 

उनले कांग्रेसका सदस्यहरुको जीवन अब पारदर्शी हुनुपर्छ भनेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिव हुमागाइले पनि आफ्नो धारणा रारवेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ