arrow

नेकपाका नेता तेजनारायणको हृदयघातबाट मृत्यु

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
tejnarayan.jpg

सप्तरी । पंचायती व्यवस्थाकाल २०३६ को जिल्ला बिकास समितिको पूर्व उपसभापति तेजनारायण साहको बुधबार राति हृदयघातबाट मृत्यु भएको छ । २०२८ सालमा नेपाली कांग्रेसवाट राजनीति शुरुवात गरेका स्व साह पंचायती व्यवस्था कालमा तत्कालीन राजतन्त्रमा प्रवेश भै जिल्ला उप सभापतिमा निर्वाचित भएका थिए ।

२०४६ सालमा प्रजातन्त्र स्थापनापछि पुनः नेपाली कांग्रेसवाट सक्रिय रूपमा राजनितीमा लागेका स्व साह संविधान सभाको चुनावमा सद्भावना पार्टीमा प्रवेश गरेका थिए । गत वर्षको स्थानीय चुनावमा राजपा पार्टी त्याग गरि तत्कालीन नेकपा माओवादी मा प्रवेश गरेको  र अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रुपमा रहेका स्व साहको बुधबार राती जनकपुरस्थित आफ्नै डेरामा हृदयघातबाट मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

समाजको उत्तम नेता र हरिपुर्वा नगरपालिकाको बिकास प्रती सधै संबेदनसिल रहने उच्च वुद्दिजिबीको मृत्यु भएपछि पुरै गाउँ नै शोकमा डुबेको छ । स्व साहलाई नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको झणडा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ