arrow

पदपूर्ति समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
specialcourt-shikharnews.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घोडाघोडी नगरपालिका कैलालीमा कर्मचारी पदपूर्ति गर्दा अनियमितता गरेको आरोपमा पदपूर्ति समितिका अध्यक्ष चन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार शहरी स्वास्थ्य विषयमा प्रकाशित विज्ञापनमा चलेखल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

विज्ञानमा सफललाई वैकल्पिक र वैकल्पिकलाई सफल गराइएकाले छानबिन गरिपाउँ भन्ने उजुरी परेपछि घोडाघोडी नगरपालिकाको अनमी पदको अन्तर्वार्तामा पदपूर्ति समितिका अध्यक्ष चौधरीले सफल व्यक्तिलाई वैकल्पिक र वैकल्पिक व्यक्तिलाई सफल बनाई अन्तर्वार्ताको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ