arrow

अफगानिस्तानमा आइएसका प्रवक्ता अजाम मारिए

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
afgan.png.png

जललाबाद, अफगानिस्तान । अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन् ।

अफगानिस्तानको पूर्वी नानगाहार प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी अजाम मारिएको सेनाद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।

“गुप्तचर निकायबाट प्राप्त श्रोतका आधारमा गरिएको आक्रमणमा परी आईएस लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सैनाले पाचिरागम जिल्लामा बुधबार लुकिराखेको बेला अजिजलाई आक्रमण गरेको थियो ।

कट्टरपन्थी स्लामिक स्टेट (आइएस) ले भने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ