arrow

केपी ओलीको राजनीतिक प्रस्ताव अस्वीकृत 

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
kp-sharma-oli.jpg

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावलाई अस्वीकार गरिदिएको छ । बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा दुई घण्टा बढी समय बोले पनि ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरे पछि उनको राजनीतिक प्रतिवेदन स्थायी कमिटीले फेल पारिदिएको हो।  

ओलीले बैठकमा उठेका बिषयलाई सम्बोधन गर्दै राजनीतिक प्रतिबेदन पारित गर्न आग्रह गरे पनि बैठकमा सदस्यले बैठकमा उठेको बिषयलाई सही तरिकाले सम्बोधन नगरेको आरोप लगाउँदै चर्को आलोचनासमेत गरेका थिए । 

छुट्टै सुझाव प्रतिवेदन पेश गरेका वामदेव गौतमसहित भीम रावल, घनश्याम भुषालले बिरोध जनाएका थिए भने रघुजी पन्त, योगेश भट्टराई लगायतले बोल्ने समय मागेका थिए । 

ओलीले आफूले राम्रा मात्रै काम गरेको भनेपछि सदस्यहरु भड्किएका थिए । उनले बुधबार पनि आत्मआलोचना नगरेपछि बैठक लम्बिएको थियो । शुक्रबार बिहान पनि बैठक बस्दैछ । 

२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै कार्यशैलीमाथि गम्भिर प्रश्न उठाएका थिए ।

पार्टी एकता टुंगो लगाउनमा नेतालाई दोहोरो जिम्मेवारी दिनु, एशिया प्यासिफिक सम्मेलनमा सहभागि हुनु, नेतृत्वको कार्यशैली लगायतका बिषयमा स्थायी कमिटीका सदस्यले गम्भीर असहमति जनाए पनि त्यसलाई ओलीले सम्बोधन नगरेको आरोप सदस्यहरुको छ । 

ओलीले बोलेपछि पुन आफ्नो असन्तुष्टि राख्दै गौतम, रावल, भुसाल लगायतका नेताले नेतृत्व सच्चिने गरी र आत्मआलोचना गर्ने बिषयमा स्पष्ट जवाफ नआएको भन्दै आपत्ती जनाएपछि बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । 

ओलीले शुक्रबार के गर्छन् र कसरी अगाडि बढ्छन् त्यसै अनुसार प्रस्ताव पारित हुने वा नहुने भन्ने विषय अगाडि बढ्ने छ । नेकपा नेता टोपबहादुर रायमाझीले अझै छलफल गर्नुपर्ने विषय रहेकाले बिहीबार राजनीतिक प्रतिवेदन पारित हुन नसकेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ