arrow

बंगलादेशमा आइतबार निर्वाचन, मौन अवधि शुरु, हसिना कीर्तिमान तोड्न आतुर

विपक्षीलाई चुनाव निष्पक्ष नहुने आशङ्का

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
bangladesh-election.jpg

ढाका । चर्को विवाद, तनाब र हिंसाका बीच बंगलादेशमा हुन लागेको निर्वाचनका लागि प्रचार प्रसार अभियान बन्द भएको छ । शुक्रबारदेखि मौनअवधि सुरु भएकाले बिहीबार अन्तिम प्रचारप्रसारका कार्यक्रम भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । 

आइतबार हुने निर्वाचनका लागि दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै आएका छन् भने आफ्नो पक्ष राम्रो भएको प्रचार गरेका छन् । 

निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दावी गर्दै आएकी छिन् भने विपक्षीहरुले निश्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् । 

प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफू विरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छिन् भने उनलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दावी गरेको छ । 

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छिन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् ।

यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छिन् ।  

यसअघि दुबै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए । 

तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ । 

उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पुर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ