arrow

राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक 

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
byakul-maila-bau.jpg

काठमाडौं । राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ । माइलाका बाबु मानबहादुर राईको ७१ वर्षको उमेरमा शुक्रबार बिहान १ बजे निधन भएको हो ।

समाजसेवामा दत्तचित्त भएर लागेका राईको उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा निधन भएको हो । 

उनको परिवारका अनुसार शौचालय गएर फर्किएपछि उनको निधन भएको हो । २०६७ सालमा मस्तिष्कमा समस्या देखिएका राइलाई लामो समयदेखि मधुमेह थियो । 

राईका ब्याकुल माइलासहित तीन छोरा र एक छोरी छन् । 

 

ब्याकुल माइलाले फेसबुकमा लेखेका छन् –

मेरो पिताजीको निधनले स्तब्ध !

आज २०७५ पौष १२ गते शुक्रवार राती १ बजेतिर ओखलढुङ्गा हिलेपानी स्थित घरमा मेरो पिता मानबहादुर राईको निधन भएको खबरले स्तब्ध भएको छु–छौँ ।

उहाँको जन्म विसं २००४ साल असोज महिनामा भएको थियो । वीस वर्षसम्म स्थायी शिक्षण सेवा गरी निवृत्त जीवन कालमा गाविसअध्यक्ष र जिल्ला विकास सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील हुनुभयो ।

आर्दश र निष्ठावान व्यक्तिका धनी सामाजिक जीवनमा सधैं समर्पित पिता पाएरै म आज सिङ्गो देशको माया पाउन सफल व्यक्ति हुने सौभाग्य पाएको छु । उहाँको निधनले धरा भासिएको, आकास खसेको, जताततै पहिरो चलेको आभाष गरेको छु ।

उहाँ विगत केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । नियमित ६ थरी औषधि लिइरहनु भएको थियो ।
केही दिन यतादेखि अलि असहज महसुस गर्दैआउनु भएको थियो तर आज राती शौचालय गई फर्केर सुकला गर्ने वित्तिकै उहाँले प्राण त्याग गर्नुभएको खबर प्राप्त भएको छ ।

यस असामयिक घटनाको कारण तत्काल म सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन असर्थ भएकोले निर्धारित कार्यक्रमका आयोजकहरूलाई पर्न गएको कठिनाई प्रति क्षमा प्रार्थी छु ।

व्याकुल माइला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ