arrow

साउदी विदेशमन्त्री कार्वाहीमा, पत्रकार खसोग्जी हत्याकाण्डले निम्त्यायो दशा

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
jubeir-foreign-minister-saudi.jpg

रियाद । साउदी विदेशमन्त्री आदिल अल जुबैर कार्वाहीमा परेका छन् । उनको मन्त्री पद नै घटुवामा परेको छ ।

अरेबियाका राजा सलमानले पत्रकार जमाल खसोग्जी हत्या प्रकरणलाई  लिएर अन्तर्राष्ट्रिय समुदायलाई मिलाउन नसकेको आरोप लगाउँदै जुबैरलाई घटुवा गरेका हुन् । 

जुबैरलाई विहीबार एक तह घटुवा गरेर विदेश राज्यमन्त्री बनाइएको छ । उनको स्थानमा पूर्व अर्थमन्त्री इब्राहिम अल आसफलाई विदेशमन्त्री बनाइएको छ । 

पत्रकार खसोग्जीको गत अक्टोबर ३ का दिनदेखि टर्कीस्थित साउदी दूतावासबाट बेपत्ता भएका थिए । साउदी अरेबियाले शुरुमा हत्या नभएको बताउँदै आएको थियो । तर अन्तर्राष्ट्रिय दवाव बढेपछि हत्या भएको स्वीकारेको थियो । 

सो घटनाबारे अमेरिकी संसदको समितिले साउदी युवराजलाई उनकै निर्देशनमा घटना भएको आरोप लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ