arrow

पार्टी विरोधीलाई दुर्गममा पठाउन स्वास्थ्य मन्त्री यादवलाई फोरम सांसदको सिफारिस [पत्रसहित]

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
ministry-of-health.jpeg

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल मधेशका माग संवोधन गराउन संविधान संशोधनमा बल पुग्ने नाममा सरकारमा गए पनि संविधान संशोधन अहिलेसम्म गर्न पहल त गरेन नै कर्मचारीलाई राजनीतिमा होमेर आतंक मच्चाउन खोजेको छ । 

फोरमका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजनीति गर्दै आतंक मच्चाउन खोजिएको हो । पार्टी विरोधीलाई दुर्गममा पठाउन मन्त्री यादवलाई उनकै पार्टीका सांसदले सिफारिस पत्र पठाएका छन् । 

पार्टीको घोर विरोधी रहेको भन्दै त्यस्ता कर्मचारीलाई छानिछानी दुर्गममा पठाउन सिफारिस गरिएको हो। त्यसैगरी पार्टीहितमा लाग्नेहरुलाई पुरस्कृत गरी विशेष स्थान रोजेर दिन सिफारिस समेत गरिएको छ । 

प्रदेश ५ का सांसद सहसराम यादवले मन्त्री यादवलाई पत्र नै लेखेर ११ जनाको सरुवाका लागि सिफारिस गरेका छन्।अनमी दीपा थापा सारुलाई विशेष प्राथमिकता भन्दै पाल्पाबाट रुपन्देही ल्याउन सिफारिस गरिएको छ । 

पार्टीको घोर विरोधी रहेको आरोपमा एमडी डा किशोर बञ्जाडेलाई कपिलवस्तुबाट दुर्गम गुल्मी पठाउन सिफारिस गरिएको छ । 

पार्टीको घोर विरोध रहेकै आरोप लगाउँदै सिनियर अहेब सिद्धार्थकाजी बज्राचार्यलाई कपिलबस्तुको सुगमबाट अति दुर्गममा पठाउन सिफारिस गरिएको छ । सांसद यादवले बज्राचार्यको नाम दुई ठाउँमा समेत लेखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ