arrow

उफ् चिसो ! पारो घटेको घट्यै, अझै घट्छ 

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
weather.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन चिसोले कष्टकर बनेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ, तराईमा हुस्सुले अत्याइरहेको छ । अधिकांश स्थानको तापक्रम घटिरहँदा काठमाडौं उृपत्यकाको जनजीवन पनि कष्टकर बनेको छ । 

शुक्रबार बिहान काठमाडौं उपत्यकाको पारो घटेर १.४ डिग्री पुगेको छ । अघिल्लो दिन बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार ह्वात्तै घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो हावा चलेपछि बिहीबार धेरै चिसो महसुस गरिएको थियो । शुक्रबार तुलनात्मक रुपले हावा नचल्ने भए पनि न्यूनतम तापक्रम घट्दै जाने महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । 

वर्षा हुने तत्काल सम्भावना नहुँदा चिसो अझै बढ्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ