arrow

एपीवानका पत्रकार पौडेलको ट्रक दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७५ पुष १३ शुक्रबार
prabin.png

चितवन । शुक्रबार पूर्वी चितवनको रत्ननगर–१ निपनीमा भएको दुर्घटनामा घाइते भएका एपीवान टीभीका फोटो पत्रकार प्रवीन पौडेलको उपचारको क्रममा ज्यान गएको छ । 

भरतपूरवाट टाँडीतर्फ जाँदै गरेको ना २ ख २१६६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ६१ प ९२१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । घाइते चितवन भरतपूर ९ बस्ने २६ वर्षीय प्रवीन पौडेलको उपचारको क्रममा मृत्यु भएको हो । पौडेल एपीवान एचडी टेलिभिजनका क्यामरापर्सन थिए ।

ट्रकको ठक्करवाट गम्भीर घाईते पौडेलको भरतपूर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ